Kathmandu Press

एनआरएनए उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी

एनआरएनए आईसीसी पूर्व युवा संयोजक समेत रहेका गिरीले आफनो अनुभव, दक्षता, विज्ञतालाई संस्थाको रुपान्तरणमा उपयोग गर्न लागि उम्मेदवारी दिएको बताएका छन्।
एनआरएनए उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी

काठमाडौं, भदौ १ : एनआरएनए युवा अभियन्ता कृष्ण गिरीले एनआरएनएको आसन्न महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन्।

एनआरएनए आईसीसी पूर्व युवा संयोजक समेत रहेका गिरीले आफनो अनुभव, दक्षता, विज्ञतालाई संस्थाको रुपान्तरणमा उपयोग गर्न लागि उम्मेदवारी दिएको बताएका छन्। नेपाली डायसपोरामा रहेका अभियन्ता, अग्रज एवं साथीहरुको सल्लाह सुझावपछि उपमहासचिवमा यम्मेदवारी दिने निष्कर्षमा आफू पुगेको बताएका छन्।

प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपाल र नेपालीसँग जोड्न गिरीले चलाएको ‘डलर १ कापी र कलम’ परियोजना निक्कै चर्चित थियो।

Hardik ivf

एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्नेको पहिचान बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातांै क्षेत्रीय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलनलगायतका परियोजनामा कार्यसम्पादन गरेका छन्।

गिरीसँग सन् २०११ देखि निरन्तर आईसिसी र एनसिसीका विभिन्न समितिमा बसेर काम गरेको अनुभवन छ। अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनी झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन्।

krishna gir)1692364970.jpg

विद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव रहेको छ। पेशालले इन्जिनियर गिरीले संस्थाको आन्तरिक सुधार र नितिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ।

१० वर्ष भन्दा बढी समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभव संगालेका उनीमा डिजिट टेक्नोलोजी एवं आईटी क्षेत्रमा विशेष दख्खल राख्छन्।

अष्ट्रेलियान राज्य सरकारको शिक्षा विभागमा आईटी स्पेसलिस्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोडन भुगोलले छेक्दैन भन्ने अभियनमा समेत कार्य गरेका थियो।

 

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्