Kathmandu Press

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

मकवानपुर, भदौ १ : काठमाडौंबाट हेटौंडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौं–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ।

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्