Kathmandu Press

रास्वपाका आलोचकलाई आगामी निर्वाचनमार्फत जनताले जवाफ दिनेछन् : रवि लामिछाने

रास्वपाका आलोचकलाई आगामी निर्वाचनमार्फत जनताले जवाफ दिनेछन् : रवि लामिछाने

काठमाडौं, साउन ३२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेता मात्रै बाँकी रहने बताएका छन्।

रास्वपद्वारा इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका सबै प्रकरणमा इमानदारीपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे।

Hardik ivf

क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताउँदै उनले भने,  ‘एयरपोर्टमा तस्करहरुलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस्।’

उनले आफ्ना आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताए। उनले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्न सकिने बताए। जनताको मुद्दा बोल्न नसक्नेलाई उनले राजनीतिबाट बिदा हुन सुझाए।

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्