Kathmandu Press

ओल्के पर्वको अवसरमा भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भदौ १ मा ओल्के पर्व मनान्छ। साउने झरी सकिएपछि दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा यो पर्व मनाउने चलन छ।
ओल्के पर्वको अवसरमा भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी, साउन ३२ : ओल्के पर्वको अवसरमा भोलि (शुक्रबार) सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

सुदूरपश्चिम प्रदेशमा भदौ १ मा ओल्के पर्व मनान्छ। साउने झरी सकिएपछि दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा यो पर्व मनाउने चलन छ। ओल्के यस भेगका बासिन्दाको मौलिक पर्व हो। 

ओल्को भनेको  ‘उपहार’ वा ‘कोसेली’ हो। यो पर्वमा आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिने, मिठोमसिनो खाने, हातमा मेहेन्दी लगाउने गरिन्छ।

वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने गरिएको यहाँका बासिन्दा बताउँछन्।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्