Kathmandu Press

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

एमालेले बहिष्कार गरेपछि कोरम नपुगेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ।
एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

काठमाडाैं, साउन ३२ : नेतृत्व चयन नगरेको भन्दै एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ।

लेखा समितिको आज बोलाइएको थियो। यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म एमाले बैठकमा सहभागी नहुने बताएका थिए। सोहीबमोजिम बैठकमा एमालेले सहभागिता नजनाएको हाे। 

Hardik ivf

एमालेले बहिष्कार गरेपछि कोरम नपुगेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। एमाले सांसद अच्युत प्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लािग सभापति चयन गर्नुपर्ने बताए।

उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहेपनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे। मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको बताए।

बैठक स्थगीत भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता विपरीत भएको बताए।

उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे। केसीले तीन दलसंग मात्रै नभई संसदमा भएका दलहरुसँग सभामुखले छलफल गर्नुपर्ने बताए।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरुसँग छलफल नगरेको गुनासो गरे। 

वैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा लेखा समितिमा अहिलेसम्म नेतृत्व चयन हुन सकेको छैन।

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्