Kathmandu Press

क्यानले कर्णालीमा लगाएको हवाई प्रतिबन्ध तीन दिनभित्र फुकुवा गर्ने मन्त्री किराँतीको प्रतिबद्धता 

माओवादीको अर्थ तथा योजना विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले  देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए।
क्यानले कर्णालीमा लगाएको हवाई प्रतिबन्ध तीन दिनभित्र फुकुवा गर्ने मन्त्री किराँतीको प्रतिबद्धता 

काठमाडौं, साउन ३२ : पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कर्णाली लगायत दुर्गम क्षेत्रमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णाली प्रदेशका प्रतिनिधिसँगको  डेलिगेसनमा मन्त्री किराँतीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। 

'मैले सबै कुरा बुझेको छु, अब ३ दिनभित्र समस्याको समाधान गर्नेछु,झ मन्त्री किराँतीले भने,' कर्णालीबासीको समस्यालाई सरकारले महसुस गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गरेका करण एक सातदेखी कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ।

Hardik ivf

अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु भएको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किरातीलाई भेटेर समस्या अवगत गराएका थिए। मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए। कार्यक्रममा जुम्लाकी साम्सद छिरिङ लामा, प्रदेश साम्सद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानिया, छ्क्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकाया लगायत सहभागी थिए।

पूर्वमन्त्री बानियाले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। 'सडक यातायात समेत नपुगेको कर्णालीमा जहाज र हेलिकप्टरले जनतालाई सेवा दिइरहेका छन्, अहिले त्यसैलाई हतोत्साही गर्ने गरि नियम ल्याइएको छ,' बानियाँले भने, 'यदि यो नियम सच्चिएन भने हामी हामी जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुनेछौं।'

माओवादी केन्द्रकि नेतृ भीमा केसी बन्जाराले पटक पटक अनुरोध गर्दा पनि प्राधिकरण नेतृत्वले कर्णालीमाथी दमन गर्न खोजेको बताइन। सरकारले जनताको हितलाई केन्द्रमा राखेर समस्याको तुरुन्त समाधान गर्नुपर्ने बताइन्।  प्राधिकरणले सडक नपुगेको दुर्गम  ठाउँमा हेलिकप्टरले सामान झुन्ड्याएर गर्ने कार्गो सिलिङ फ्लाइटमा रोक लगाएकोमा पनि रोक लगाएको छ। यसको प्रभाव विकास निर्माणमा पनि परेको छ।

माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक अधिकारीले कर्णालीलगायत दुर्गम क्षेत्रको विकासमाथी धावा बोल्नुका साथै जनताको जीवन्माथी खेलवाड गरेको बताए। 'कर्णालीको जहाज र हेलिकप्टरमाथी लगाइएको प्रतिबन्ध तुरुन्तै फुकुवा गरियोस्, नत्र त्यसको जिम्मेवारी डीजी अधिकारीले लिनुपर्नेछ,' उनले भने।

प्राधिकरणले कहिलेकाही हेलिकप्टरहरूले सुरक्षाकर्मीको समन्वय र निगरानीमा दुर्गम ठाउँमा उडान र रात्री विश्राम गर्ने गरेकोमा अहिले बास बस्नको लागि एयरपोर्टमै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ। यसले गर्दा दुर्गमका सेवाग्राहीलाई थप आर्थिक भार परेको सिम्खडाले बताए।

कर्णालीबासीको भेटमा महानिर्देशक अधिकारीले नयाँ नियम लगाउनिपर्ने कारण बताउने प्रयास गरेका थिए। तर कर्णालीबासीको आक्रोशसामु उनी पछि हटेका थिए।

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्