Kathmandu Press

 पर्यटन प्रवर्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह

नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज आयोजिना गरेको कार्यक्रममा उनीहरुले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिष्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन्।
 पर्यटन प्रवर्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह

काठमाडौं, साउन ३१ : नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ। नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज आयोजिना गरेको कार्यक्रममा उनीहरुले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिष्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन्।

लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उनले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।

Hardik ivf

भियतनामका लागि कन्सुलरसमेत रहनुभएका व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरे। साथै उनले दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि आग्रह गरे।

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलहोत्रा र उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे। साथै उनीहरुले भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने बताए।

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्