Kathmandu Press

भदाै १५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला

केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २० औं डावर बाटिका तीज फेस्टिवल आयोजना गर्न लागेको जनाएको हो।
भदाै १५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला

काठमाडाैं, साउन ३१ : महिला श्रृजनशील केन्द्रको आयोजनामा भदाै १५ गतेदेखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुने भएको छ। 

केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २० औं डावर बाटिका तीज फेस्टिवल आयोजना गर्न लागेको जनाएको हो।

उक्त तीनदिने मेला काठमाडौंको होटल मल्लमा आयोजना हुने छ। साथै महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २० औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन्।

मेलामा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको उहाले बताइन्।

आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रिया लगाएतका कार्यक्रम राखिएको छ। ८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्