भारतले नेपाली सेनालाई दुई हेलिकोप्टर अनुदान दिने

काठमाडौं, साउन ३१ : भारतले नेपाली सेनालाई दुईवटा हेलिकोप्टर अनुदानमा दिने भएको छ। ‘ध्रुव’ नामका एडभान्स लाइट (एएलएच) हेलिकोप्टर अनुदानमा दिन लागेको हो।
भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि ५.५ टनका यी हेलिकोप्टरको डिजाइन गरेको हो। प्रति हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने जनाइएको छ। हेलिकोप्टर अनुदान सम्बन्धी सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा भदौ ७ गते भारत जाने भएका छन्।
भारत भ्रमणका क्रममा सेनापती शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्ने बताइएको छन्। सेनापति शर्मा साउन ११ गतेसम्म भारतमै रहनेछन्।
प्रकाशित मिति: १४:५७ बजे, बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












