त्रिविको सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त
इतिहास विभाग प्रमुखसमेत रहेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।
काठमाडौं, साउन ३१ : त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्। २०७९ साउन १९ गतेदेखि रिक्त रहेको सो पदमा मंगलबार नियुक्त भट्टराईले बुधबार पदभार ग्रहण गरे।
इतिहास विभाग प्रमुखसमेत रहेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।
त्रिविका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो। सोही आवेदनअनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
सहकुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ। एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन












