Kathmandu Press

मकवानपुरमा दुई जनाको मृत्यु

मकवानपुरमा दुई जनाको मृत्यु

मकवानपुर, साउन ३१ : मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन्।

मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुंगाले थिचेर ज्यान गएको हो।

Hardik ivf

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मङ्गलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुंगा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो। इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उहाँले बताए।  

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ। घर नजिकैको जंगलमा घाँस काट्न गएका उनी मंगलबार चिप्लिएर भीरबाट खसेका थिए।

गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्