Kathmandu Press

आज शेयर बजारमा लगानीकर्ता अन्योलमा 

काठमाडौं, फागुन ६ : साताको तेश्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक १ दशमलव ७७ अंकले वृद्धि भएर १४०० दशमलव ०१ को विन्दुमा बन्द भएको छ। 
....

आज शेयर बजारमा लगानीकर्ता अन्योलमा 

काठमाडौं, फागुन ६ : साताको तेश्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक १ दशमलव ७७ अंकले वृद्धि भएर १४०० दशमलव ०१ को विन्दुमा बन्द भएको छ। 
दोश्रो बजार ० दशमलव १३ प्रतिशतले वृद्धि भएको छ भने दोश्रो बजार  १३९८ दशमलव ८५ को विन्दुमा खुलेको थियो भने १४१६ दशमलव ८८ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३८७ दशमलव ६९ थियो। आज २ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै एन.आई.सि. एशिया बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एन.आई.सि. एशिया बैङ्क लिमिटेडको १० करोड ६५ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज कालिका लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८७ प्रतिशतले कमाए भने लक्ष्मी लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ६८ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निश्कर्ष अनुसार यदि बजार १४०४ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को सामान्य प्रतिरोध १४१५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार १४१६ दशमलब ८८ को विन्दुसम्म पुगे पनि १४०० दशमलब ०१ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको बजारले ‘डोजी’ मैनबत्ती आकृति बनाएको छ। यसले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। अघिल्लो दिनभन्दा आज कारोबार रकम घटेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप कमजोर भएको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५६ दशमलब ०५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निश्कर्ष

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १४०७ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेपनि १४१५ को प्रतिरोधलाई पुन सामना गर्नु पर्ने हुन्छ। यदि बजार १३७८ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्दछ।  

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, फागुन ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्