वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : उपाध्यक्ष महरा
दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशंका व्यक्त गरे ।
दाङ, साउन ३० : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताए।
दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशंका व्यक्त गरे ।
‘म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होस्,’ उनले भने, ‘यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ।’
उनले सुन प्रकरणमा आफूलाई विनाकारण मुछेर सञ्चार माध्यममा गलत प्रचार भएको बताए।
प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार