Kathmandu Press

पत्रकारमाथि प्रहरी कुटपिट प्रकरणमा मानवअधिकार आयोगको चासो

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न ध्यानाकर्षण गराएको हो। आयोगले मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन भनेको छ।
पत्रकारमाथि प्रहरी कुटपिट प्रकरणमा मानवअधिकार आयोगको चासो

काठमाडौं, साउन ३० : राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीबाट भएको कुटपिट र दुव्र्यवहारको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न ध्यानाकर्षण गराएको हो। आयोगले मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन भनेको छ।

सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुव्र्यवहार भएको आयोगले जनाएको छ । उक्त घटनालाई लिएर नेपाल पत्रकार महासंघको जिल्ला शाखा, पत्रकारहरु र सामाजिक संघ संस्थाहरुले विरोध प्रदर्शन गरिरहेका छन्।

उक्त प्रकरणमा आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको सेमत जनाइएको छ। यस्तै, सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न समेत आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्