Kathmandu Press

यस्तो छ एसिया कप खेल्ने नेपाली टिम

पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपका लागि क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको छ।
यस्तो छ एसिया कप खेल्ने नेपाली टिम

काठमाडौं, साउन २९ : नेपाल क्रिकेट संघ (क्यान) आसन्न एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरेको छ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपका लागि क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको छ।

क्यानले जिम्बाबेमा विश्वकप छनोट खेलेको टिममा सन्दीप जोरा र मौसम ढकाललाई थप्दै एसिया कपका लागि टिम घोषणा गरेको हो।

अगष्ट ३१ बाट सुरु हुने एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह एमा छ। नेपालले पहिलो खेल अगष्ट ३१ मा घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै सेप्टेम्बर ४मा भारतसँग श्रीलंकामा खेल्ने छ।

नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, श्याम ढकाल ।

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्