Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको जाहेरी 

आफुहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको दाबीसहित पीडितहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको जाहेरी 

काठमाडौं, साउन २९ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । 

आफुहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको दाबीसहित पीडितहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन्।

आफूहरुबाट १ करोड ८५ लाख ९२ हजार भन्दा भन्दा बढी रकम ठगी गरेको भनेर भिन्नाभिन्नै ३ किटानी जाहेरी दिएका छन्। 

अमेरिका पठाइदिने भन्दै सानु भण्डारी र केशव दुलाल समेतको मिलेमतोमा आफूहरु ठगिएको दाबी सहित जाहेरी पर्न आएको प्रहरीले बताएको छ।

पीडितहरु लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौंसहितका जिल्लाका छन्।

जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान गर्न महाशाखाले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ। 
 
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्