Kathmandu Press

आरती साहलाई न्याय माग्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न खोज्ने नियन्त्रणमा

आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि नारावाजी गर्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले केहिलाई नियन्त्रणमा लिएको हो।
आरती साहलाई न्याय माग्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न खोज्ने नियन्त्रणमा

काठमाडाैं, साउन २९ : घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै सिंहदरबारमा गेट अगाडी प्रदर्शन गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि नारावाजी गर्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले केहिलाई नियन्त्रणमा लिएको हो।

Hardik ivf

आरती साहलाई न्याय दे भन्दै उनका आफन्तजन र युवाहरु दक्षिण गेट अगाडि नै धर्नामा बस्न खोजेका थिए। सो क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ।

आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ। 

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्