Kathmandu Press

नक्कली प्रमाणपत्र देखाएर बैंकमा जागिर खाएको आरोपमा ६ कर्मचारी पक्राउ  

नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन्।
नक्कली प्रमाणपत्र देखाएर बैंकमा जागिर खाएको आरोपमा ६ कर्मचारी पक्राउ  

काठमाडौं, साउन २९ : नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उनीहरुलाई पक्राउ गरेको हो। नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन्।

बैंकका कर्मचारीहरु कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम, मनिषा मास्के, गोमा ज्ञवाली र दीपक विष्ट पक्राउ परेको जनाइएको छ। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। 
 

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्