Kathmandu Press

८ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

साउन ३१ गते प्रदर्शन, भाद्र १ गतेदेखि ४ गतेसम्म देशैभरकाा स्थानीय तह, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको यादवले जानकारी दिए।
८ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, साउन २८ : शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नु पर्ने मागसहित विद्यार्थी संगठनले सामूहिकक आन्दोलनको घोषणा गरेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न आठ विद्यार्थी संगठन शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन्।

Hardik ivf

अखिल क्रान्तिकारी, आम विद्यार्थी मोर्चा, विद्यार्थी जनमत संघ, अखिल पाँचौंलगायतका ८ विद्यार्थी संगठनले विश्वविद्यालयमा राजनीतिक भागवण्डाको अन्त्य गर्दै कुलपतीदेखि, क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान हुनु पर्ने,  शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलाएन हुने समस्याको समाधानसहित विश्वविद्यालय ऐन ल्याउनु पर्ने माग गरेका छन्।

त्यस्तै, विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा निर्माण गरी अनिवार्य कार्यान्वयन गर्न पनि माग गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए।

साउन ३१ गते प्रदर्शन, भाद्र १ गतेदेखि ४ गतेसम्म देशैभरकाा स्थानीय तह, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको यादवले जानकारी दिए। त्यस्तै भाद्र ६ गते शैक्षिक पत्रकारहरुसँग भेटघाट अन्तरक्रिया गर्ने, भाद्र ८ गते विज्ञ र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने उनले जानकारी दिए।

आफ्नो स्वार्थ अनुकूल ऐन जारी गराउन सरकारलाई दबाव दिने निजी क्षेत्र र जनताका छोराछोरीहरुको निशुल्क शिक्षा प्राप्त गर्ने अधिकार कार्यान्वयन गर्नबाट सरकार कुनै हालतमा पछि नहट्न सरकारलाई उनीहरुको चेतावनी छ ।

 

प्रकाशित मिति: २०:०३ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्