Kathmandu Press

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ। 
बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

भोजपुर, साउन २८ : निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरकाठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ। सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ। 

सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए। बाढीले सडक बगाएकाले  आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

Hardik ivf

'निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ,' उनले भने, 'नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ। बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सक्ने अवस्था छैन।'

भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए।

बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उनको भनाइ थियो। 'बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ', उनले भने, 'निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ। सडक ठाउँठाउँमा पहिरा गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन।'

अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताउनुभयो। 'बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ', उनले भने, 'उत्पादन भएको तरकारी  बजारसम्म पु¥याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन्।'

लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ। बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उनले बताए।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्