Kathmandu Press

मैवाखोलाको बाढीले चार घर जोखिममा

बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए। 
मैवाखोलाको बाढीले चार घर जोखिममा

ताप्लेजुङ, साउन २८ : शनिबार रातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ।

बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन्। बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो। यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए। 

खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ। असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो। प्रायः बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन्।

ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ भएका छन्। निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ। 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्