Kathmandu Press

मदन भण्डारी राजमार्ग अवरुद्ध

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ। 'वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ,' उनले भने।
मदन भण्डारी राजमार्ग अवरुद्ध

कटारी (उदयपुर), साउन २८ : अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ। उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो।  

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ। 'वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ,' उनले भने।

Hardik ivf

पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ। सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्फ पठाउन थालिएको छ।

यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्