Kathmandu Press

लमजुङ र सिन्धुलीमा भारी वर्षा

पछिल्लो २४ घण्टामा सिन्धुलीको मरिणखोला, कसुमटार मापन केन्द्र आसपास १६०.४ मिलिमिटर वर्षा भएको छ।
लमजुङ र सिन्धुलीमा भारी वर्षा

काठमाडौं, साउन २८ : जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका सिन्धुली र लमजुङ जिल्लामा भारी वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा सिन्धुलीको मरिणखोला, कसुमटार मापन केन्द्र आसपास १६०.४ मिलिमिटर वर्षा भएको छ।

सिन्धुलीमा भारी वर्षा भइरहेको क्षेत्र बागमती नदीको जलाधार क्षेत्र हो। यस्तै, लमजुङको खुडी बजार क्षेत्रमा पछिल्लो २४ घण्टामा १२९.४ मिलिमिटर वर्षा भएको छ।   

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्