एनआरएनएका प्रवक्ता सापकोटाले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा
हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रवक्ता रहेका सापकोटाले संघको स्थापना काल देखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीहरुको हक हितका सस्थागत रुपमा क्रियाशील रहँदै आएका छन् ।
काठमाडौं, साउन २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि सोम सापकोटाले केन्द्रीय उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रवक्ता रहेका सापकोटाले संघको स्थापना काल देखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीहरुको हक हितका सस्थागत रुपमा क्रियाशील रहँदै आएका छन् ।
‘संस्थाको सुदृढ़ीकरण, पुर्ण ब्यबस्थित साथै बिश्वभरि छरिएर रहनु हुने प्रबासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाईचाराको सम्बन्ध बिकास गर्दै प्रवास बस्ने नेपालीहरुको साझा संगठन निर्मणमा क्रियासिल हुने र गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यालयबाट जे जति डेलिभरी हुनु पर्ने हो हामीले दिन सकेका छैनौ । हाम्रो सचिवालयलाइ व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री क्रियासिल बनाइ संघका नियमित रुमामा हुने बैठक सेमिनार गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टता लाइ सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली संघ निर्माणमा केन्द्रित हुने उद्देश्य सहित मेरो उमेद्वारी रहेको छ ’, सापकोटाले भने ।
सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रीय समन्वय परिसदको निर्वाचित सदस्य हुदै संघमा जोडिएका सापकोटा सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे ।
सापकोटा सन् २०११-२०१३ सम्म गैर आबासीय नेपाली संघको केन्द्रिय सदस्य सन् २०१५-२०१७ यूरोपको उप संयोजक र सन् २०१७-२०१९ गैर आवासीय नेपाली संघ अन्त राष्ट्रिय समन्य परिसदको सह कोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९-२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई थप उच्चाई पुर्याउने काममा क्रियासिल सापकोटा हाल संघको प्रबक्ताको जिम्मेवारीमा रहेका छन् ।
लामो समय देखी संघमा आबद्द रहेर सापकोटाले संघको उचाई र गरिमा बढाउन उल्लेख्य भूमिका खेलेका छन्। लामो समय देखिको संघ संघको आवद्धता र अनुभवका आधारमा थप समय संघ मा आव्बद्ध नेपाल र नेपाल का लागि काम गर्ने उदेस्य सहित गैर आवासीय नेपाली संघका अग्रज अभियन्ताहरूको संगको परामर्श सुझाब पछि आफूले उप महासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिए ।
‘गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७-२० अक्टोबर, २०२३) काठमाडौंमा हुदैछ ।












