Kathmandu Press

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै रिसालले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताए।
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

काठमाडौ, साउन २७ : वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ। रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन्।

Hardik ivf

पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशंकरलाल दासले पुस्तकले रिसालको जीवनलाई उजागर गरेको जनाउँदै जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताए। उनले रिसालसँगै कामग गरेकाे स्मरण पनि गरे।

मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै रिसालले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताए। आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: २१:०० बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्