Kathmandu Press

सेतीमा युवक बेपत्ता

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।  
सेतीमा युवक बेपत्ता
Hardik ivf

बझाङ, साउन २७ : बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन्। 

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।  

बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्