Kathmandu Press

जहाज नआउँदा हुम्लाका दुई शिशुको मृत्यु

सिमकोट गाउँपालिका ६ का सुरज सुनारका ६ महिने छोरा इमरानको उपचार अभावमा शुक्रबार र सिमकोट गाउँपालिका ७ का कालीबहादुर शाहीका ७ महिने छोरा रोहितको बुधबार मृत्यु भएको हो।
जहाज नआउँदा हुम्लाका दुई शिशुको मृत्यु

हुम्ला, साउन २७ : जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका दुई शिशुको उपचार अभावमा मृत्यु भएको छ।

थप उपचारका लागि नेपालगन्ज लैजान जहाज नआएका कारण उनीहरुको मृत्यु भएको हो।

Hardik ivf

सिमकोट गाउँपालिका ६ का सुरज सुनारका ६ महिने छोरा इमरानको उपचार अभावमा शुक्रबार र सिमकोट गाउँपालिका ७ का कालीबहादुर शाहीका ७ महिने छोरा रोहितको बुधबार मृत्यु भएको हो।

झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नुपर्ने अवस्था  थियो।

अस्पतालमा आईसीयू नभएकाले सुविधा सम्पन्न अस्पतालमा लिनुपर्नेमा मौसमका कारण जहाज आएको थिएन।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्यन प्राधिकरणले लागु गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएको अधिकारकर्मीहरूले जनाएका छन्।

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्