Kathmandu Press

सिम्रिक एयरका हेलिकप्टर उडानमा आजदेखि रोक

बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो। प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।
सिम्रिक एयरका हेलिकप्टर उडानमा आजदेखि रोक

काठमाडौं, साउन २६ : सिम्रिक एयरका हेलिकप्टरले आजदेखि उडान भर्न नपाउने भएको छ।

बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो। प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

Hardik ivf

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

प्रकाशित मिति: ०७:४० बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्