Kathmandu Press

झापामा खोलामा डुबेर दुई बालबालिकाका मृत्यु

विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो।
झापामा खोलामा डुबेर दुई बालबालिकाका मृत्यु

झापा, साउन २५ : झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो।

घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएको थियो।

उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

प्रकाशित मिति: २०:०६ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्