Kathmandu Press

अवरुद्ध अनलाइन सेवा सञ्चालनमा

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।
अवरुद्ध अनलाइन सेवा सञ्चालनमा

काठमाडाैं, साउन २५ : वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ।

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ। अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुनःसञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ। 

प्रणालीमा आएको समस्याका कारण श्रम स्वीकृतिका फाइल थुप्रिएका र अब छिट्टै काम हुने भएकाले श्रम स्वीकृति लिएर मात्र टिकट काट्न विभागले अनुरोध गरेको सूचना अधिकारी तथा निर्देशक उप्रेतीले बताए।

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्