Kathmandu Press

‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान

महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो।
‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान

काठमाडाैं, साउन २५ : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । 

महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो।

Hardik ivf

‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली) लाई पुरस्कृत गर्न लागिएको महासङ्घका महासचिव मिलन लिम्बूले जानकारी दिए। 

महासङ्घले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा आङ्दावा शेर्पा र मनोज घर्तीमगर र सदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो।

यही साउन २७ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने महासङ्घको २४औँ स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्