Kathmandu Press

नेपाली किशोरीको उद्धार

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक  व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो। 
नेपाली किशोरीको उद्धार

काठमाडाैं, साउन २५ : मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ। दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो। 

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक  व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो। 

मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उनले जानकारी गराइन्। बालिकालाई अहिले  नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको  समन्वयमा ‘सिडब्लु सी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र  कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए। 

उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभलालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीबिना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेका छन् । 

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्