Kathmandu Press

गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चांगको आह्वान

गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चांगको आह्वान

काठमाडौं, साउन २५ : सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चांगले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ।

सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत नरहेको पञ्चांगका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

Hardik ivf

गौरा पर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ। यस वर्ष भदौ २१ गते गौरा पर्व मनाउनुपर्ने भनी प्रचारप्रसार गरिएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दिन बिहान चार बजे अगस्त्य उदय हुने हुँदा पर्व मनाउन उपयुक्त नहुने पञ्चांगका कानुनी सल्लाहकार जगतप्रसाद जोशीले बताउनुभयो। उहाँका अनुसार शास्त्रीय ग्रन्थमा अगस्त्य उदय भएपछि गौरापर्व मनाउन नहुने कुरा उल्लेख गरिएको छ।
  
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोले यसअघि पनि शास्त्रसम्मत् निर्णय दिएकाले गौरा पर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत् हुने विज्ञप्तिमा जनाइएको छ।

मानसखण्ड पञ्चांगमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जनाउँदै जोशीले उक्त पात्रो नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन भएको जानकारी दिए। उनका अनुसार यसलाई समितिले कारबाहीको सुचीमा राखेको छ।

कानुनी सल्लाहकार जोशी, पञ्चांगकार डिल्लीराज जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मानसखण्ड पात्रोले फैल्याएको भ्रमकापछि नलाग्न आग्रह गरे। सरकारले विसं २०७७ पुस २० मा समितिको गठन आदेश स्वीकृत गर्र्दै तिथि, मिति, चाडपर्वसम्बन्धी निर्णय गर्ने काम, कर्तव्य, अधिकार तोकेको थियो।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्