अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा बिहीबार बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
मकवानपुर, साउन २५ : पहिरोको कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैंसे–भीमफेदी सडकखण्डमा बिहीबार बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।
गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा बिहीबार बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो।
हाल हेटौंडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौंडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
