Kathmandu Press

मकवानपुर पहिरोमा मृत्यु भएका दुईको शव अस्पताल ल्याइयो

मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
मकवानपुर पहिरोमा मृत्यु भएका दुईको शव अस्पताल ल्याइयो

मकवानपुर, साउन २४: मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेका दुई जनाको शव हेटौँडा अस्पतालमा ल्याइएको छ।

मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

Hardik ivf

पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो।

सोही पहिरोमा परेर अझै तीन जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी रहेका छन्।

प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्