Kathmandu Press

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

प्रहरीले सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

काठमाडाैं, साउन २४ : नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए।

उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतबाट दुवै जनालाई पाँच÷पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले  बताए।

प्रकाशित मिति: १४:५२ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्