Kathmandu Press

पशुपतिमा रिक्त रहेको स्थानमा पुजारी नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै आज (बुधबार) नयाँ पूजारीलाई मन्दिर प्रवेस गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। 
पशुपतिमा रिक्त रहेको स्थानमा पुजारी नियुक्त

काठमाडौं, साउन २४ : हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर रिक्त रहेको एक पुजारी नियुक्त भएका छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै आज (बुधबार) नयाँ पूजारीलाई मन्दिर प्रवेस गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। 

उनले भने, ‘चार महिना अघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने,‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेस गराएका छौं।’ 

नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन्। उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेस गराइएको हो।

पशुपतिमा चार मुल पुजारी हुने गर्दछन्।तर, चार महिना देखि तीन जना मात्र थिए। मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेका थिए।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्