Kathmandu Press

सप्तरीको तिलाठीमा पच्चीस घर डुबानमा

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।
सप्तरीको तिलाठीमा पच्चीस घर डुबानमा

सप्तरी, साउन २४ : तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन्। उक्त बस्तीमा पानी जमेको छ। 

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन्। बाढीबाट चार घरमा क्षति पुगेको छ।

अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्तपाल परिसरलगायतका स्थान डुबानमा परेका छन्।

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्