Kathmandu Press

दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु, २ जना वेपत्ता

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ।
दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु, २ जना वेपत्ता

दोलखा, साउन २४ : दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ।

उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशकर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्