Kathmandu Press

पोखराको फोहर पुनः लामेआहालमा विसर्जन

स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन

काठमाडौं, साउन २४ : कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो । 

स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।

महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो ।

महानगर प्रमुख आचार्यले फोहरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको जानकारी दिए। स्थानीयले फोहर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको उक्त विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्