Kathmandu Press

स्याङ्जा र तनहुँमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो।
स्याङ्जा र तनहुँमा भारी वर्षा

काठमाडौं, साउन २४ : स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो।

Hardik ivf

स्याङ्जामा २४ घन्टामा १५७ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको बन्दीपुरमा १४४ मिलिमिटर वर्षा भएको छ।

आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्