महिला विश्वकप : फ्रान्स र कोलम्बिया क्वार्टरफाइनलमा
अन्तिम ८मा स्थान बनाउने क्रममा फ्रान्सले मोरक्कोलाई ४–०ले हरायो भने कोलम्बियाले जमैकाको चुनौती १–०ले पन्छायो।
काठमाडाैं, साउन २३ : फ्रान्स र कोलम्बिया अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन्। अन्तिम ८मा स्थान बनाउने क्रममा फ्रान्सले मोरक्कोलाई ४–०ले हरायो भने कोलम्बियाले जमैकाको चुनौती १–०ले पन्छायो।
फ्रान्सको जितमा युजेनी ले सोमरको २ गोल गरिन् भने काडिडियाटोउ डियानी, केन्जा डालीले पनि गोल गरे। फ्रान्सले पहिलो हाफमै ३ गोल गरेको थियो।
एडिलेडमा भएको खेलमा डियानीले १५औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाइन्। २० मिनेटमा डालीले फ्रान्सको अग्रता दोब्बर बनाइने। २३औं मिनेटमा सोमरले फ्रान्सका लागि तेस्रो गोल गरिन्। ७०औं मिनेटमा सोमरले नै गोल गरेपछि फ्रान्स ४–०ले विजयी भयो।
यस्तै, अर्को खेलमा जमैकालाई १–०ले हराउँदै कोलम्बियाले पनि अन्तिम ८मा स्थान बनाएको छ। कोलम्बियालाई पहिलो पटक क्वार्टरफाइनल पु¥याउने क्रममा कप्ताना क्याटालिना उस्मेले ५१औं मिनेटमा निर्णायक गोल गरिन्।
क्वार्टरफाइनलमा कोलम्बियाल उपाधि दाबेदार इंग्ल्यान्डको सामाना गर्ने छ भने फ्रान्सले आयोजक अस्ट्रेलियासँग खेल्ने छ। दुवै खेल शनिबार हुनेछन्।
७०औं मिनेटमा ले सोमरले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ४(० ले विजयी भयो ।
विजयी फ्रान्सले शनिबार ब्रिसबेनमा घरेलु टोली अस्ट्रेलियासँग खेल्ने छ ।












