Kathmandu Press

एमाले मुख्यालयमा पस्यो बाढी

बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ।
एमाले मुख्यालयमा पस्यो बाढी

काठमाडौं, साउन २३ : वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पसेको छ।

बाढीका कारण मध्यान्नसम्म सो क्षेत्रको यातायाता आवागमत समेत प्रभावित भएको थियो। बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ। खोलाले लेदो समेत बगाउदा सडक हिलाम्मे भएका छन्।

त्यस्तै थापाथलीस्थित राज पेपर कन्सनमा बाढी पस्दा लाखौंको क्षति भएको छ। बाढीका कारण मसलन्स तथा शैक्षिक सामाग्रीका साथै सामाग्री तयार पार्न राखिएको कागजमा समेत क्षति पुगेको छ।

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्