Kathmandu Press

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा सो सडकखण्ड अवरुद्व भएको हो।
सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ, साउन २३ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भएको छ।

व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा सो सडकखण्ड अवरुद्व भएको हो। सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Hardik ivf

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।

घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए। ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्