Kathmandu Press

निजी विद्यालय सञ्चालकद्वारा आन्देलानको घोषणा

प्यावसन, एनप्याब्सन र हिसानले मंगलवार संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन्।
निजी विद्यालय सञ्चालकद्वारा आन्देलानको घोषणा
फाइल तस्बिर।

काठमाडौं, साउन २३ : प्रस्तावित विद्यालय शिक्षा ऐन, २०८० को विधेयकलाई लिएर आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।

उक्त विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमती जनाउँदै फिर्ता लिन माग राखेर आन्दोलनमा उत्रिएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले मंगलवार संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन्।

Hardik ivf

उनीहरुले आगामी साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका छन्। विद्यालय बन्दको घोषणाअघि नै सरकारले लिखित प्रतिवद्धता नजनाए आन्दोलन थप सशक्त पार्ने चेतावनी उनीहरुले दिएका छन्।

उक्त विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने उनीहरुले जनाएका छन्।

शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउँदै आएता पनि सुझावहरूलाई वेवास्ता गरी विधेयक अघि बढाउनु अन्त्यन्दै दुखद भएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए। उनले शिक्षा क्षेत्रका लागि ल्याइएको ऐनका विषयमा यस क्षेत्रसँग सम्बन्धीत निकायहरुसँग पनि छलफल नगरेको आरोप लगाए।

उनीहरुले बुधबार सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने, साउन २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते अन्तरक्रिया गर्ने २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने जनाएका छन्। 

 

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्