प्रधानमन्त्री दाहाल र ईयूका राजदूतबीच भेट
राजदूत डोप्रेजले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गरेकी हुन्।
काठमाडौं, साउन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल र युरोपियन युनिययन (ईयू)का राजदूत नोना डोप्रेजबीच भेट भएको छ।
राजदूत डोप्रेजले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गरेकी हुन्।
मंगलबार बिहान भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ। उनीहरुबीच नेपाल र ईयूबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार