देशका अधिकांश भू–भागमा वर्षा, अझै केही दिन पानी पर्ने
“गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा विशेषगरी धेरै वर्षा भइरहेको छ । यी स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ,” मौसम पुर्वानुमान महाशाखाले भनेको छ ।
काठमाडौं, साउन २३ : देशका अधिकांश स्थानमा चारी वर्षा भइरहेको छ । गएरातिदेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा विशेषगरी धेरै वर्षा भइरहेको छ । यी स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ,” मौसम पुर्वानुमान महाशाखाले भनेको छ ।
महाशाखा अनुसार आज दिनभर वर्षाको सम्भावना रहेको छ । यद्यपि, केही भू–भागमा केही समय रोकिए पनि पुनः वर्षा हुनेछ । भारी र अति भारी वर्षा भइरहेको र यो क्रम अझै केही दिन रहने भएकाले नदी तथा खोलामा बाढी आउने, भिरालो भू–भागमा पहिरो जाने सम्भावना भएकाले सतर्क रहनु पर्ने बताईएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाली आकाशमा) रहेकाले मनसुनको गतिविधि बढेको हो । “पहाडी र तराई भू–भागमा बढी वर्षा हुन्छ । हिमाली भू–भागमा भने केही कम वर्षा हुनेछ,” महाशाखाले भन्यो, “मनसुनको न्यूनचापीय रेखा नेपाल आउँदा विशेष गरी महाभारत रेन्जबाट तल धेरै वर्षा हुन्छ ।”