नेप्सेका सबै उपसूचकमा वृद्धि
काठमाडौं, फागुन ५ : नेप्सेका सबै उपसूचकमा वृद्धि भएको छ। सबै उपसूचक वृद्धि हुनुलाई शेयर बजारमा सकारात्मक मानिन्छ।
साताको दोस्रो ....
काठमाडौं, फागुन ५ : नेप्सेका सबै उपसूचकमा वृद्धि भएको छ। सबै उपसूचक वृद्धि हुनुलाई शेयर बजारमा सकारात्मक मानिन्छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३४ दशमलव २६ अर्थात २ दशमलव ५१ प्रतिशतले बढेर १३९८ दशमलव २४ को विन्दुमा बन्द भएको छ। ट्रेडिङ्ग र बैंकिङ्ग समूहमा क्रमशः ४ दशमलव ९८ र ३ दशमलव ५८ प्रतिशतको वृद्धि रहेको छ।
बजार खुलेको विन्दु नै न्यून विन्दु रहँदा दिनभरमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १२ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज पञ्चकन्या माई हाइड्रोपावर, याङ्दी ग्रुप पावर र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ६३ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार हाल बजार सकारात्मक रहेको र अर्को सामान्य तत्कालीन प्रतिरोध १३९० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार त्यही अनुरुप सकारात्मक रहेको र १३९० को प्रतिरोधलाई पनि तोड्न सफल रहेको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले हाल ‘एसेन्डिङ्ग ट्रायङ्गल’ को माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोडेको छ। यसले बजार केही समय सकारात्मक हुने र न्यूनतम १४४० सम्म बजार पुग्न सक्ने संकेत गर्दछ। आज बजारले ‘बुलिस’ मैनबत्ती आकृति बनाएको छ। यसले आज पनि बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। कारोबार रकमले आजको मैनबत्तीलाई समर्थन गरेको छ।
चित्र नं. २ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यही अनुरुप निरन्तरता पाएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५८ दशमलव ७९ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको र यदि बजार १४०४ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को सामान्य प्रतिरोध १४१५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १३७८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ।