राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहेको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको् छ।
काठमाडौं, साउन २२ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहेको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको् छ।
भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको बताइएको छ।
प्रकाशित मिति: १८:५३ बजे, सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार