Kathmandu Press

इंग्ल्यान्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

काठमाडाैं, साउन २२ : इंग्ल्यान्ड महिला विश्वकपको क्ववार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै इंग्ल्यान्डले अन्तिम ८मा स्थान पक्का गरेको हो।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा इंग्ल्यान्डको कोल केली, एलेक्स ग्रीनउड, रचेल डली र बेथनी इंग्ल्यानडले गोल गर्दा जर्जिया सान्टवेले भने गोल गर्न सकिनन्।

Hardik ivf

यस्तै, नाइजरीयाका लागि क्रस्टि उचेइबे, रसिदत अजिवादेले गोल गर्दा गोल गर्दा मिचेली अलोजी र डिजायर अपरानेजीले गोल गर्न सकेनन्।

निकै प्रतिपर्धात्मक बनेको खेलमा इंग्ल्यान्डले ५७ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। यता, नाइजेरियाले २० सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

खेलको अन्त्य इंग्ल्यान्डले १० खेलाडीमा रहेर गरेको थियो। उसका लाउरेन जेम्सले ८७ मिनेटमा रातो कार्ड पाएकी थिइन्।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्